प्रभु महालक्ष्मी लाइफको सातौं वार्षिक साधारणसभाको {फोटोकथा}

अर्थकागज
प्रकाशित: २९ असोज २०८१
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा गत असोज २३ गते आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले हकप्रस्ताव सेयर निश्कासन र लाभांश पारित गरेका छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत} वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि भएता पनि नियमकारी निकाय नेपाल बीमा प्राधिकरण निर्देशन बमोजिमको तोकिएको न्यूनतम चुक्तापुँजीका लागि अपुग हुने चुक्तापुँजी पुर्याउन ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ ।कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिदेखि प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशनमा दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

फोटो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर