मंगलबार हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड
प्रकाशित:
३१ भदौ २०८०
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको जारी गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड मिति तय भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार भोली २ गते मंगलबार ९ बजे क्यापिटलको कार्यालयमा हुनेछ ।
हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढी हो ।
जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares