युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
प्रकाशित:
०४ असार २०८२
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares