बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा, बिमा शुल्क आर्जन १.९८ अर्ब
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।
यस अवधिमा कम्पनीले ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.५२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७८.१२ प्रतिशतले बढि हो । त्यस्तै कम्म्पनीको खुद आर्जित बीमाशुल्क ७८.१२ प्रतिशत र कुल आम्दानी ५१.३४ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेको छ भने कुल खर्च ५१.८६ प्रतिशत बढेको छ।
२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ।
Shares