सुर्यज्योति लाईफको ५ लाख बढि कित्ता सेयर बिक्रिमा
काठमाण्डौ । सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले ५ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । इन्स्योरेन्सले आज सोमबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
कम्पनीका विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता सेयर बिक्रिका लागि निवेदन दिएका हुन् ।
संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाण्डौमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने कम्पनीले जनाएको छ ।
Shares