एनएलजी इन्स्योरेन्सले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्दा पाईन्छ ६२ प्रतिशत हकप्रद ?
काठमाण्डौ । हकप्रद प्रयोजनार्थ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बुकक्लोज मिति तोकेको छ । कम्पनीले निष्काशन गर्न लागेको ६२.५६ प्रतिशत हकप्रद प्रयोजनार्थ कार्तिक २७ गतेबुकक्लोज गर्न लागेको हो ।
कम्पनीले हकप्रद प्रयोजनाका लागि कार्तिक २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले कार्तिक २६ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदा दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६२५६ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
Shares