हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले हाल चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले साथै बोनस शेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ।त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्गिएको छ। आव ०७९।८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत माघ २५ गते एक दिन बुक क्लोज गरेको थियो। सभामा एक आधा दर्जन भन्दा धेरै सेयरधनीले बोलेका थिए । सभालाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले जीवन बीमा कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स एक नम्वर बन्ने बताएका छन् । कम्पनीलाई एक नम्वर बनाउन आफू र आफ्ना कर्मचारीहरु त्यसै अनुरुप काम गर्दै आईरहेको सभामा सुनाए ।
प्रतिक्रियाहरू
Madan raj khanal
1 year ago
अरु सबै राम्रो छ यो सस्थाको कर्मचारी बेलै मा फोन रिस्ब गर्दैन्नन काम आज नाही भोलि भनेर अबरोध गराउछन
Shares