मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
प्रकाशित:
२२ कात्तिक २०८०
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares