सूर्य ज्योति लाइफको सिईओ खत्रीको तलव/भत्ता १ करोड २४ लाखमाथि, कुन शिर्षकमा कति रकम बुझे ?

अर्थकागज
प्रकाशित: ०३ पुस २०८१
Image description

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ म प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव /भत्तामा १ करोड २४ करोड ६१ हजार ९६६ रुपैयाँ खर्च गरेको छ । कम्पनीको सिईओमा प्रकाश विक्रम खत्री रहेका छन् । बार्षिक प्रतिवेदन अनुसार सिईओ खत्रीले यस आर्थिक वर्षमा बार्षिक तलव तथा भत्ता १ करोड १० लाख २८ हजार ९२५ रुपैयाँ, कर्मचारी बोनस १० लाख २४ हजार ८ सय ३६ रुपैयाँ, सिईआको दुर्घटना बीमा ९ हजार ४५५ रुपैयाँ, सिईओ र निजको परिवारको स्वास्थ्य बीमा ५ हजार रुपैयाँ, अनिवार्य बिदा बापतको भत्ता ३ लाख ९३ हजार ७५० रुपैयाँ बुझेका छन् ।

सिईओ खत्रीले कम्पनीले गाडी सुविधा वापत मासिक १ लाख ४० हजार प्रदान गर्ने गर्दछ । कम्पनीले षौष ६ गते बिग होटल विराटनगरमा १७ औं बार्षिक साधारणसभा गर्दैछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर