कुमारी बैंकको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ३० भदौ २०८३
Image description

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी हाल कायम चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। उक्त नगद लाभांशमा लाभांश करसमेत समावेश हुनेछ ।

बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । बैंकले यसपटक कुनै बोनस सेयर प्रस्ताव गरेको छैन । बैंकले ३ वर्षपछि लाभांश घोषणा गरेको हो ।

राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी एजिएमले पारित गरेपछि चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर