१५ प्रतिशतले बढ्यो नेको इन्स्योरेन्सको नाफा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा कम्पनीले २२ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ६१ करोड ६० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६.१० प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा १९.४२ प्रतिशत बढेको छ भने कुल खर्च पनि १.६७ प्रतिशतले बढेको छ।
२ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा छ ।
Shares