आजदेखि महानगरको गाडी ट्राफिकले रोके सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की !
प्रकाशित:
१६ भदौ २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
मेयर बालेन साहले शनिबार बेलुका आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भोली अर्थात (आज) आइतबार देखि महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु लेखेका छन् ।
मेयर साह लेख्छन्-'आजको लागि केही भएन, भोलबाट हाम्रो महानगरपालिकाको कुनै गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।'
बालेन साहको यो भनाई आइसकेपछि यतिखेर सामाजिक सञ्जालमा बालेनको पक्षमा समर्थन गर्नेको संख्या बाक्लो देखिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares