एभरेष्ट बैंकको साधारणसभा सम्पन्न, २०.५३% लाभांश पारित

अर्थकागज
प्रकाशित: २९ असोज २०८०
Image description

काठमाडौं । एभरेष्ट बैंकको साधारणसभा आज अर्थात असोज ३० गते सम्पन्न भएको छ ।
लैनचौर ब्याङ्कवेट, काठमाडौँमा भएको २९ औँ वार्षिक साधारणसभाले १०% बोनस सेयर र कर प्रयोजनसहित १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पास गरेको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नुको साथै सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन समेत गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर