भगवती हाइड्रोपावरको लाभांश शेयरधनीको बैंक खातामा जम्मा
प्रकाशित:
३० असोज २०८१
काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराएको छ । कम्पनीको असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले पारित गरेको करसहित १०.७३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिएको हो । कम्पनीले उक्त लाभांश असोज २१ गतेदेखि शेयरधनीको अद्यावधिक बैंक खातामा पठाइएको जनाएको छ । साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई खाता अद्यावधिक गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares