नेक्सजेन म्यानेजमेन्टले बोलायो बार्षिक साधारणसभा, २० रुपैयाँ प्रिमियम लिई संस्थाक सेयर बिक्री गर्ने

अर्थकागज
प्रकाशित: ११ भदौ २०८२
Image description

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आठौं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आश्विन ३ गते शुक्रबार होलट एल्लो पगाडा, कान्तिपथ, काठमाडौंमा विहान ११ बजे बार्षिक साधारणसभा बोलाएको हो ।

सभाले बृद्धि भएको जारी पुँजी अन्तर्गत नयाँ संस्थापक सेयरधनीलाई २० रुपैयाँ प्रिमियम लिई सेयर बिक्री गर्ने, संचालक समितिको बैठक भत्ता निर्धारण गर्ने, सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्यका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ । त्यसै गरी सभाले सेयरधनीको तर्फबाट १ जना प्रतिनिधि मनोनय गर्ने र संचाल नियुक्त र पब्लिक लिमिटेड भए पश्चात बाँकी अवधिका लागि संचालक समिति अनुमोदन गर्ने लगायतको एजेण्डा पारित गर्नेछ  । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर