धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको अध्यक्षमा सागर ढकाल र उपाध्यक्षमा अतित लाल श्रेष्ठ निर्वाचित
प्रकाशित:
२८ फागुन २०८०
काठमाडौ । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको प्रथम बार्षिक साधारण सभाबाट प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल,बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिबमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल सदस्यमा अधिवत्ता बिष्णु गिरी लगायत आठ जना सदस्य निर्बाचित भएका हुन् । १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।
धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको प्रथम साधारण सभाको उदघाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले गरेका थिए भने नेप्सेका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की लगायतको उपस्थती रहेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares