बीमा प्राधिकरणका ५ सहायक निर्देशकको उपनिर्देशकमा बढुवा
प्रकाशित:
०३ फागुन २०८१
काठमाडौं । नेपाल बीमा प्राधिरणको उपनिर्देशकमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरिएको छ। बढुवा हुनेमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भुप्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट छन्। पदपूर्ति सिफारिस समितिको फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार उनीहरुलाई उपनिर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई उपनिर्देशक पदमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरेको हो। बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गरिएको समितिले जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares