सन नेपाल लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: २६ वैशाख २०८१
Image description

नेपाल स्टक एक्सचेञ्जमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको २३.८ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ४ सय ७० रुपैयाँ ९२ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ८३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांश सहितको ऐजेन्डा पारित गर्न कम्पनीले ७ औँ वार्षिक साधारण सभा आगामी जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ।

सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर