बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थकागज
प्रकाशित: १२ मंसिर २०८२
Image description

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्चर नगरपालिका-६ बौद्ध बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ घर भएका ३० वर्षीय मिङमार शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्चर नगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर