नेपाल एसबिआई बैंकको घ्याङलेख शाखा, सिन्धुलीमा लुटपाट
प्रकाशित:
२९ पुस २०८२
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सिन्धुलीस्थित घ्याङलेख शाखा, बागमति प्रदेशमा पौष २९, मंगलबारका दिन साँझ करिब ७ः३० बजे डकैतीको घटना भएको छ ।
अपरिचित व्यक्तिहरूको समूहले शाखामा जबर्जस्ती प्रवेश गरी ड्युटीमा रहेका सुरक्षा गार्डमाथि आक्रमण गरी घाइते बनाएको तथा बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई शाखाको भल्टमा रहेको नगद रकम लुटी घटनास्थलबाट फरार भएका थिए । उक्त घटना बारे स्थानीय प्रहरीलाई तत्कालै जानकारी गराइएको र सम्बन्धित निकायहरूले घटनास्थलमा तुरुन्तै पुगेर अनुसन्धान सुरु गरेका थिए ।
घाइते सुरक्षा गार्डलाई आवश्यक चिकित्सकीय उपचार उपलब्ध गराइएको र बैंकका कर्मचारीहरू सुरक्षित रहेको जानकारी गराईन्छ । यस घटनामा प्रहरीको सक्रियता चुस्त हुनुका साथै, आवश्यक सुरक्षा उपायहरू तत्कालै अपनाइएको थियो । थप अनुसन्धानका लागि बैंकले सम्बन्धित निकायहरूलाई पूर्ण सहयोग गरिरहेकोे जानकारी गराइन्छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares