मातृभूमि लघुवित्तको संचालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रधुम्न कुमार भट्टराई आगामी चार वर्षका लागि नियुक्त भएका छन् । निजलाई मिति २०८१/०५/२२ गते वित्तीय संस्थाले स्वागत गर्नुको साथै सञ्चालक समितिका अध्यक्ष लोकराज शर्माले पद तथा गोपनियताको शपद ग्रहण गराएका थिए ।
भट्टराईले नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेका थिए । साविकको मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा कार्यकारी निर्देशक भई काम गरेका तथा विभिन्न वित्तीय संस्थाहरुमा सञ्चालक भई काम गरेको अनुभव छ ।
वित्तीय संस्थाको ६० वटा जिल्लामा २३६ वटा शाखा कार्यालयहरु रहेको र सो शाखाहरुबाट २ लाख १६ हजार सदस्यलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ । वित्तीय संस्थाले करिब १२ अर्ब कर्जा लगानी गरेको र सदस्यहरुबाट ४ अर्ब निक्षेप परिचालन गर्न सफल भएको छ । वित्तीय संस्थामा ९२१ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
Shares