नेशनल लाईफ इन्स्योरेन्सको सिईओ सुरेश खत्रीको तलव भत्ता १ करोड ४४ लाखमाथि

अर्थकागज
प्रकाशित: ०३ असार २०८२
Image description

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव/ भत्ता बापत १ करोड ४४ लाख ७६ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार सिईओलाई तलव /भत्ता संचय कोष तथा अन्य सेवा सुविधा सहित एक मुष्ट उक्त रकम दिएको उल्लेख छ । कुन शिर्षकमा कति रकम दिएको भने खुलाइएको छैन् । कम्पनीको सिइओमा अहिलेका बीमा क्षेत्रका चर्चित व्यक्ति सुरेश प्रसाद खत्री रहेका छन् । गत वर्ष भन्दा यो वर्ष सिईओ खत्रीको तलव भत्ता बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९ ८० मा सिईओ खत्रीले १ करोड २१ लख ७२ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको थियो ।

कम्पनीले यस आर्थिक वर्षमा व्यवस्थापनका अन्य पदाधिकारीहरुलाई पारिश्रमिक एवं भत्ता वापत १ करोड ८० लाख ४५ हजार ६९३ रुपैयाँ भुक्तानी गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर