हिमालय सेक्युरिटिज बैंकरको साधारणसभा सम्पन्न
काठमाडौं । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणस आज कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८०/८१ को वित्तिय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएको छ । कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालक तर्फ सिताराम वाग्ले र आकांक्षा गुप्ताको पूनर्नियुतिm भएको छ भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुक्तभएका छन् ।
कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दैै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसंग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य तथा योजना कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभयो र कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गर्नुभयो ।
साथै सभापतिज्यूले कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नियामक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, सञ्चारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनी तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
Shares