कृपया ब्याजमा पैसा खोजेर सेयरमा लगानी नगर्नुहोस् : मनोज कुमार केडिया-अध्यक्ष, सिद्धार्थ बैंक
काठमाडौं । सिद्धार्थ बैंकका संचालक समितिको अध्यक्ष मनोज कुमार केडियाले व्याजमा पैसा लिएर सेयरमा लगानी गर्न नहुने बताएका छन् ।
आज अर्थात मंगलबार सम्पन्न भएको सिद्धार्थ बैंकको साधारणसभामा बोल्दै अध्यक्ष केडियाले भने-'कृपया ब्याजमा पैसा खोजेर सेयरमा लगानी नगर्नुहोला, व्याजमा पैसा खोजेर लगानी गर्दा उचित प्रतिफल पाउन सकिदैन, आफुसँग बचत पैसा छ र राम्रा अनि उचित व्यवस्थापन भएको कम्पनीमा लगानी गरे आफ्नो लगानी सुरक्षित हुनेछ। सेयर बजारको लगानी घर जग्गामा गरेको लगानीले भन्दा बढी प्रतिफल दिने लगानी हो ।'
अध्यक्ष केडियालले २० वटा वाणिज्य बैंकहरुमध्ये सर्वाेउत्कृष्ट बैंक 'सिद्धार्थ बैंक' भएको बताएको छन् । आउँदा दिनमा सेयरधनीलाई बढी भन्दा बढी प्रतिफल दिने गरी बैंकले आफ्नो कामकारवाही अगाडि बढाएको अध्यक्ष केडियाले सभामा सुनाए ।
बैंकले २२ औं वार्षिक साधारणसभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाबाट करसहित ४ दशमलव २१ प्रतिशत नगद लाभांश पारित भएको छ ।
प्रतिक्रियाहरू
sapkota.dirgha2@gmail.com
2 years ago
झुट्को खेती गरेर जनता ठग्दै छ्न । १% भन्दा पनि कम लाभान्स दिने बैक पनि अब्बल कसरी हुन्छ ?
Ang raj bharati
2 years ago
Yo bank le 6000000000.00 gayab banayako chha. Hijo bhayako agm ma maile yo case uthayako chhu. News lekhne ho bhane proof Dina I'm ready.
Shares