धनकुटाको नाम्जेमा पाँच दिने पर्यटन पत्रकारिता तालिम समापन

अर्थकागज
प्रकाशित: २९ चैत २०८२
Image description

माधव पोखरेल

 उदयपुर । कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ चैत्र२५गतेदेखि २९गतेसम्म धनकुटाको भेडेटार नजिक रहेको साँगुरीगढी ६ नाम्जेको थुम्की गाउँमा ५ दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भिम पराजुलीले राजनीति पेशा होइन सेवा हो र आफुले पनि राजनीतिलाइ सेवाको रुपमा लिएर काम गररेको बताउनु भयो । पत्रकारिता लोकतन्त्रको मुटु भएकोले यो संस्था चलाउन सरकारले सहयोग गर्नु पर्ने भएकोे हुँदा नेपाल सरकारले हालै लिएको विज्ञापन नीतिमा विचार गर्नु पर्ने बताउनु भयो ।

सागुरीगढी गापाका अध्यक्ष जितेन्द्र रुम्जाली राईले साँगुरीगढी गाउँपालिकाले पर्यटन प्रवद्र्धन कार्यक्रमलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको र कोशी प्रदेश सरकारले पर्यटन कार्यक्रममा विशेष सहयोग गर्नु पर्ने कुरामा जोड दिदै ग्रामिण क्षेत्रको आर्थिक,सामाजिक शैक्षिक, सांस्कृतिक तथा अन्य विकासमा समाजलाई आमूल परिवर्तन गर्न ठुलो टेवा पुग्ने बताउनु भयो ।

पत्रकारिताको संस्थागत र पत्रकारहरुको हितकालागि नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले हर प्रकारका प्रयास गरिहेको, बिमाको कार्यक्रम स्वास्थ्य उपचार लगायतका विषयमा पर्यटन वियमा कलम चलाउने साथीहरुलाई प्रोत्साहन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न काम अघि बढिरहेको कोशी प्रदेश पत्रकार महासङ्घकका अध्यक्ष भरत खड्काले बताए ।

नेपाल पत्रकारर महासङ्घ कोशी प्रदेशकोआयोजना र पर्यटन कार्यालय धरानको सहकार्यमा शुरु भएको तालिममा प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन मन्त्री भिम पराजुली, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्जाली राई पर्यटन कार्यालय धरानका कार्यालय प्रमुख भिषण राई लगायतका अतिथिहरुले मन्तव्य दिएका थिए ।

कोशी प्रदेशका ९ जिल्लाका पत्रकारहरु सहभागी भएको र बाँकी ५ जिल्ला ताप्लेजुङ पाचथर इलाम झापा तेह्रथुमका पत्रकारहरुकालागि भने पछि झापाको काकडभिठ्ठामा सहभागी सहभागी गराउने जानकारी सो कार्याक्रममा दिइएको थियो । सो तालिमको सहजीकरण तथा व्यवस्थापनमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेमजोङले गर्नु भएको थियो ।

स्वागत मन्तव्य नेपाल पत्रकार महासङ्घ कोशी का उपाध्यक्ष कुमुद अधिकारी, धनकुटा नेपाल पत्रकार महासङ्घ अध्यक्ष, सुनसरीका अध्यक्ष, मोरङ्गका अध्यक्ष सुशीला पाठक, कोशी प्रदेश पत्रकार महासङ्घका सल्लाहकार लिलावल्लभ घिमिरे, लगायतका वक्ताहरुले मन्तव्य दिएका थिए ।

वक्ताहरुले सरकारले अहिले पत्रकारिता क्षेत्रमा दिदै आएको विज्ञापन रोकेकोमा वक्ताहरुले असन्तुष्टी व्यक्त गर्नुका साथै विज्ञापन नीतिमा पुनर्विचार गर्न सरकारलाई अनुरोध गरेकाछन ।

कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने र ८२ वटा गन्तव्यमा पर्यटन प्रवद्र्धन योजना गत वर्ष नै अघि सारेको थियो । सोही योजना अनुसार यो कार्यक्रम भएको र पर्यटन प्रवद्र्धनकालागि निरन्तर लागि परेको र कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको थियो ।

तालिम समापनका क्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना मै सहभागी पत्रकारहरुलाई वरपरका पर्यटकीय स्थलहरुको र धनकुटाको साँगुरीगढीको ओख्रे,डाँडाबजार, चौविसे गाउँपालिकास्थित राजारानीको रानीताल, शुक्रबारे, बन्दुके डाँडास्थित तमोर पर्माकल्चर सिकाई केन्द्र लगायतका पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण्म गराइएको थियो । तालिममा सहभागी सबै पत्रकारहरुलाई समापनका दिन आइतबार प्रमाणपत्र वितरण गरिएको थियो ।


प्रतिक्रियाहरू

madhav pokharel gojyangre

2 weeks ago

ramro samachar aayakochh

madhav pokharel gojyangre

2 weeks ago

ramro samachar aayakochh

सम्बन्धित खबर