शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, बिमा शुल्क आर्जनमा करिब ३२ प्रतिशतको बढोत्तरी
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा सामान्य बृद्धि देखिएको छ ।
यस अवधिमा कम्पनीले ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४४ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ७१ करोड २० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३१.९० प्रतिशतले बढि हो ।
२ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा २१ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.९५ गुणा रहेको छ।
Shares