सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न

अर्थकागज
प्रकाशित: १० माघ २०८०
Image description

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज अर्थात माघ ११ गते आम्रपाली बैंक्वेट, नक्साल काठमाण्डौंमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष केडियाले साधारण सभामा स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका थिए ।

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८/७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

साथै आ.व.०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर