दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न

अर्थकागज
प्रकाशित: २९ साउन २०८२
Image description

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको निष्काशन गरेको आईपीओको बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्काशन गरेको थियो। 

क्यापिटलका अनुसार यस आईपीओमा २२ लाख ९६ हजार ४ सय ६५ जनाबाट २ करोड ६४ लाख ९८ हजार ५ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २२ लाख ८३ हजार २ सय २६ जनाको मात्र आवेदन योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर निष्काशन हुने छ ।

जसमा २ लाख ४२ हजार ३ सय १८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । अन्य सबै आवेदक हात खाली भएका छन् । आईपीओको लक्की नम्वर १ र ५ रहेको छ । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ। 

प्रतिक्रियाहरू

बालाराम रेग्मी

8 months ago

ipo result

सम्बन्धित खबर