सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबिच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई २० प्रतिशत छुट
प्रकाशित:
२५ भदौ २०८०
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र बैंकका कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट पाउने भएका छन् । उक्त सेवा सम्बन्धी सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबिच सोमबार सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares