रिलायबल नेपालले बोलायो बार्षिक साधारणसभा

अर्थकागज
प्रकाशित: ०९ जेठ २०८२
Image description

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आठौं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको सभा असार २ गते, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत गरी कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै, बोनस शेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी बढ्ने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्नेलगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  त्यस्तै, गत आवको लेखापरीक्षकको प्रतिवेदनसहित सबै वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ जेठ २५ गतेसम्म कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर