बैंकले बोलाउन थाले लगानीकर्तालाई 'सेयर लोन' लिन !
काठमाडौं । पछिल्लो समय बैंकहरुले सेयर लोन योजना सार्वजनिक गर्न थालेका छन् । नेपाल बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक, एभरेष्ट बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडले सेयर लोनको योजनाहरु सार्वजनिक गरेका हुन् । बाँकी अरु बैंकले पनि सेयर कर्जाको योजना सर्वाजनिक तयारी गरिरहेका छन् ।
नेपाल बैंकले नेपाल बैंक सेयर धितो कर्जा योजना सार्वजनिक गरेको छ । बैंक सवै कागज भएको ३ दितभित्र सेयर कर्जा उपलव्ध गराउने जनाएको छ । लगानीकर्ताले न्युनतम २ लाखबाट सेयर लोन लिन सक्नुहुनेछ । लोनको अवधि एक वर्षको हुनेछ । नियामक निकायको नियमबमोजिम ऋणीको सन्तोषजनक कार्यसम्पादनको आधारमा ऋण नवीकरण गर्न सकिने बैंकले जनाएका छ ।
त्यसै गरी एभरेष्ट बैंकले एभरेष्ट सेयर कर्जा योजना सार्वजनिक गरेको छ । सेयर लोनमा छिटो कर्जा प्रक्रिया, सरल कागजी प्रक्रिया, लचिलो कर्जा अवधि र त्रैमासिक व्याज भुक्तानी लगायतको विशेषता भएको बैंकले जनाएको छ ।
त्यसै गरी ज्योति विकास बैंकले पनि सेयर लोनको योजना सर्वाजनिक गरेको छ ।
त्यसै गरी सांग्रिला डेभलपमेन्ट बैंकले सेयर लगानीकर्ताहरुको लागि सेयर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचनामा बैंकले ११.९४%८ ब्याजमा सेयर लोन दिने भएको हो ।
इच्छुक ग्राहकले ५० लाख रुपैयाँ बराबरको सेयर लोन यस योजना मार्फत लिन सक्नेछन्। बैंकले दिने यस कर्जामा ०.७५% सर्भिस चार्ज बैंकले लिनेछ ।
त्यसै गरी मुक्तिनाथ विकास बैंक लिमिटेडले पनि सेयर कर्जा योजना सार्वजनिक गरेको छ । लगानीकर्ताले थप सुचनाको लागि बैंकको वेवसाइटमा गई जानकारी लिन सक्नेछन् ।
प्रतिक्रियाहरू
Jitnarayan kumar yadav
2 years ago
I need loan
Amrit darai
2 years ago
Lone
Karna bahadur bohara
2 years ago
Kati k k chahinxa document
Shares