राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

अर्थकागज
प्रकाशित: २१ जेठ २०८३
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका लागि आवश्यक सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको हो ।

राष्ट्र बैंकले इच्छुक व्यक्ति, संस्था तथा सरोकारवालालाई आफ्ना राय तथा सुझाव २०८३ असार ५ गतेभित्र आर्थिक अनुसन्धान विभागमा पठाउन आग्रह गरेको छ । सुझाव इमेल ([email protected]) मार्फत पनि पठाउन सकिने जनाइएको छ ।

राष्ट्र बैंकका अनुसार प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माण प्रक्रियामा आवश्यकताअनुसार समेटिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर