‘अपरेशन सिन्दूर’मा नेपाल–भारत खुला सीमा सम्वाद समूहको पूर्ण समर्थन
काठमाडौं । भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ ।
समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’ यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा दिएका छन् ।
खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेपाल सरकारसँग पनि समर्थन जनाउन माग गरेका छन् । ‘आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा छैन — यो सम्पूर्ण मानव जातिका लागि खतरा हो ।’ उनले भनेका छन् ।
नेपाल–भारत खुला सीमा संवाद समूह आतंकवादविरुद्ध भारतको यस स्पष्ट र निर्णायक कदमको प्रशंसा गर्दै सम्पूर्ण दक्षिण एशिया शान्ति, स्थायित्व र सुरक्षा तर्फ अग्रसर हुने आशा गरेका छन् ।
प्रतिक्रियाहरू
* * * <a href="https://ramjankidhamayodhya.com/index.php?0im7bv">Unlock Free Spins Today</a> * * * hs=fab49254bad8bd998d1c9eec984390c9* ххх*
1 year ago
unxv8d
* * * Claim Free iPhone 16: https://ramjankidhamayodhya.com/index.php?0im7bv * * * hs=fab49254bad8bd998d1c9eec984390c9* ххх*
1 year ago
unxv8d
Shares