कस्तो छ आजको मौसम पूर्वानुमान ?

अर्थकागज
प्रकाशित: २८ असोज २०८३
Image description

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । 

त्यस्तै आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर