धितोपत्र बोर्डको अध्यक्ष नियुत्तिको अन्तर्वार्ता आज
![](https://www.arthakagaj.com/frontend/src/img/logo_final_fav.png)
![Image description](https://www.arthakagaj.com/images/20241124013441news_image.sebon.jpg)
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुत्तिको लागि पुन सर्टलिस्टमा परेका तीन जनाको अन्तर्वार्ता आज हुनेछ । अर्थ मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई आज मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । बोर्डका अनुसार अन्तर्वार्ता बिहान ८ बजेदेखि अर्थ मन्त्रालय सिंहदरबारमा शुरु हुनेछ ।
अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बोलाइएको हो ।
अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण रोकिएको थियो ।
Shares