नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफरमेशन कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफरमेशन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१–८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका संचालक कमलेशकुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए । कार्यक्रमामा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आमनेपाली नागरिकबीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताउ । यस कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको बताए । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लिगेसीलाई थप उचाइमा पुर्याउन कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।
Shares