मेनुका पौडेलले पाईने एआई जडित आँखा देख्ने चस्मा

अर्थकागज
प्रकाशित: १४ माघ २०८०
Image description

इन्डियन आइडलको १४ औँ संस्करणको प्रतिस्पर्धामा एकदमै चर्चा कमाईरहेकी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।

आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् ।

चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर