सरकारले पुँजी बजार सुधारको लागि तत्काल पहल नगरे राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्ने लगानीकर्ताको चेतावनी !

अर्थकागज
प्रकाशित: २१ भदौ २०८०
Image description

काठमाडौं । सरकारले पुँजी बजारलाई सुधारका लागि तत्काल पहल नगरे  लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्ने चेतवानी दिएका छन् ।

शुक्रबार भृकुटी मण्डपमा भेला भएका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डसँग पुँजी बजार सुधारका लागि पहल गर्न वार्ता गर्ने निश्कर्ष निकालेको छ । आइतबार सेबोनका अध्यक्ष रमेश हमालसँग वार्ता बस्नको लागि पहल भैरहेको नेपाल सेयरधनी संघका अध्यक्ष नानीबाबु खरेलले  अर्थ कागजलाई बताए ।

आईतबार सेबोनका अध्यक्ष हमालसँगको वार्ताबाट पुँजीबजारमा देखिएका समस्या हल गर्न अर्थमन्त्री र गभर्नरलाई पहल गर्न आग्रह गर्नेछौं । यदि वार्ताबाट पनि लगानीकर्ताको माग सम्बोधन छिटो भन्दा छिटो भएन भने नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष खरेलले  बताए ।


लगानीकर्ताको भेलाले सेयर लोनमा राष्ट्र बैंकले १२ करोड क्याप हटाउनु पर्ने, स्थानीय तहका फन्डको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने निर्णय तत्काल कार्यान्वयन हुनु पर्ने माग रहेका छन् । पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोलाले सम्बन्धित निकायमा लगानीकर्ताहरु गएर बजार सुधारका लागि पहल गर्नुपर्ने बताए । सेयर बजार निरन्तर घटेका कारण लगानीकर्ताको आफ्नो लगानी ६० प्रतिशत भन्दा धेरैले घटेको छ ।

लगानीकर्ता आन्दोलनको तयारीमा, मुख्य माग गभर्नर महाप्रसाद अधिकारीको राजिनामा !

आरम्भ चौतारी लघुवित्तमा झण्डै ४ करोड घोटाला !



प्रतिक्रियाहरू

सम्बन्धित खबर