एमालेबाट भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस
प्रकाशित:
२० पुस २०८२
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ भक्तपुर-२ बाट एकल सिफारिस भएका छन्।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
बस्नेत २०७४ को निर्वाचनमाा यसै क्षेत्रबाट निर्वाचित थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए । बस्नेतले उम्मेदवारको दाबेदारी गर्ने नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares