हाथवे इन्भेष्टमेन्टको आईपीओमा आजदेखि आवेदन दिन पाईने, मूल्य ५० रुपैयाँ
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार भाद्र २१ गतेदेखि सर्वसाधारणलागि आईपीओ बिक्री खुला गरेके छ ।
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको हो ।
हाथवेले पहिलो चरणमा बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्रि गरिसकेको छ ।
त्यस्तै कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुररिक्षत गरिएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। नेपालमा पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले आइपीओ जारी गर्न लागेको हो । यस कम्पनीले सेयर बजार, रियल स्टेटलगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।
Shares