यहाँबाट हेर्नुहोस् क्रेस्ट माइक्रो लाइफको आईपीओको नतिजा

अर्थकागज
प्रकाशित: ०४ चैत २०८१
Image description

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज चैत्र ५ गते मंगलबार बिहान ८:३० बजे शेयर बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार आईपीओमा १९ लाख ६५ हजार ८ सय ११ जनाले आवेदन दिएका थिए । जस मध्ये १९ लाख ५५ हजार ६ सय ८५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ।

जसमा १ लाख ८४ हजार ५ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।

क्रेस्टले फागुन २२ देखि फागुन २६ गतेसम्म आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

कहाँबाट नतिजा हेर्ने ?

कम्पनीको आईपीओ विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://result.nimbacecapital.com/#/ipo-result, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रियाहरू

Jamuna basnet

1 year ago

Mero ipo Paro ki paren

Jamuna basnet

1 year ago

Mero ipo Paro ki paren

Jamuna basnet

1 year ago

Mero ipo Paro ki paren

Jamuna basnet

1 year ago

Mero ipo Paro ki paren

Prem Bahadur Pradhan

1 year ago

24112

Prem Bahadur Pradhan

1 year ago

24112

Ganesh Kandel

1 year ago

सेयर

Gopal panta

1 year ago

C

Bishal Kumar Gupta

1 year ago

00836970

Keshar khaling

1 year ago

Result

Lalit said

1 year ago

केही छैन मरो

Khemraj baraili

1 year ago

Shere paro ki parena

Sakshi Kumari sah

1 year ago

6000

Siddhi Kumar Shrestha

1 year ago

result

सम्बन्धित खबर