गोर्खाज फाइनान्सको साधारण सभा सम्पन्न

अर्थकागज
प्रकाशित: ०२ चैत २०८०
Image description

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज शुक्रबार चैत २ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।

फाइनान्सका संचालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० र २०७९/८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरको छ । त्यसै गरी सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषढ मसान्त र २०८० आषाढ मसान्तको वासलात तथा २०७९ श्रावण १ गतेदेखि २०७९ आषाढ मसान्त र २०७९ श्रावण १ गतेदेखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान र सोही अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु एपर छलफल गरी पारित गरेको छ ।

त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरेको छ । साथै सभाले पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर