गार्डियन माइक्रो लाईफलाई आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

अर्थकागज
प्रकाशित: १० मंसिर २०८१
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशन(आईपिओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले मंशिर ७ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशनका लागि अनुमति पाएको हो ।

बोर्डले सो कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर