प्रभु महालक्ष्मी लाइफको साधारणसभाबाट लाभांश प्रस्ताव पारित, हकप्रद सेयर रद्द

अर्थकागज
प्रकाशित: २६ जेठ २०८२
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ।  कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।कम्पनीको सातौं वार्षिक साधारण सभाले ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेकोमा बोनस सेयर वितरणपछि नियामक निकायले तोकेको चुक्ता पूँजी पुग्ने भएकाले उक्त निर्णय पनि रद्द गरेको छ। यसका साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरेको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन भएको कम्पनीले जनाएको छ।अध्यक्ष भट्टचनले आउँदो वर्ष उचित लाभांश वितरण गर्ने प्रतिबद्धता जनाएकी छिन । उनले आफ्नो कम्पनीमा आबद्ध भएका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्न समेत कम्पनीले ध्यान दिएको बताइन। सभामा एक दर्जन भन्दा धेरै सेयरधनीहरुले बोलेका थिए । सभामा बोल्ने अधिकांश सेयरधनीले समयमै बार्षिक साधारणसभा गर्न लाभांशको प्रतिशत बढाउन आग्रह गरेका छन् ।  var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर