प्रभु महालक्ष्मीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश प्रयोजनार्थ जेठ १६ गते बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार दुई दिन शेयर बजार बन्द रहने भएकाले आजसम्म शेयरधनी बन्ने मात्रैले सभामा भाग लिन र प्रस्तावित लाभांश पनि प्राप्त गर्न सक्नेछन् ।कम्पनीको आठौं वार्षिक साधारणसभा जेठ २६ गते आम्रपाली ब्याङक्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश ९करसहित० वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सातौं वार्षिक साधारणसभाले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेकामा बोनस शेयर वितरणपछि नियामक निकायले तोकेको चुक्ता पुँजी पुग्ने भएकाले उक्त निर्णय रद्द गर्नेछ ।
यसका साथै गत आवको सम्पूर्ण वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण हुनेछ ।
अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव रहेका छन् ।
Shares