छिमेक लघुवित्तको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थकागज
प्रकाशित: १५ चैत २०८२
Image description

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल उक्त शेयर छिमेक लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर संख्या खुलाएर काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।


प्रतिक्रियाहरू

uLGSKWhbshXaHEZLHSVFbDp

1 week ago

NfulhwcYECQfSBEd

सम्बन्धित खबर