सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मलेशियामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

अर्थकागज
प्रकाशित: २६ माघ २०८१
Image description

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिना रहेका थिए। कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारेका थिए ।

सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बतिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर