बिहेको लगन नजिकिँदै जाँदा सुनको भाउमा नयाँ रेकर्ड
प्रकाशित:
०९ कात्तिक २०८०
काठमाडौँ । बिहेको लगन नजिकिँदै जाँदा सुनको भाउमा नयाँ रेकर्ड बनेको छ ।
शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कात्तिक ३ गते शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares