२२ प्रतिशतले बढ्यो नेपाल लाईफ इन्स्योरेन्सको नाफा, ईपिएस कति ?

अर्थकागज
प्रकाशित: २९ वैशाख २०८१
Image description

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। त्यस्तै कुल आम्दानी बढेर समीक्षा अवधिमा ४२ अर्ब ७९ करोड रुपैयाँ पुगेकोछ । कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६५ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर