सानिमा रिलायन्स लाईफका आजसम्म कायम सेयरधनीले मात्र १८ प्रतिशत लाभांश पाउने
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असोज १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले विद्यमान चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले हुने रकम ७६ करोड ९० लाख पैंसाठी ६५ हजार २ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको वार्षिक साधारणसभा असोज २३ गते बुधबार नयाँ बानेश्वर स्थित अनमोल ब्यान्क्वेटमा हुनेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। इन्स्योरेन्सको बोनस प्राप्त गर्न सेयरधनीहरुले कर बापतको रकम जम्मा गर्नुपर्नेछ। कर रकम जम्मा भएपछि मात्र इन्स्योरेन्सको बोनस सेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिने इन्स्योरेन्सले जनाएको छ।
Shares